११ असार २०८३, बिहीबार

थाइल्यान्ड गुफाबाट उद्धार भएका किशोरहरूले दिए धन्यवाद (भिडियो)

थाइल्यान्ड गुफाबाट उद्धार भएका किशोरहरूले दिए धन्यवाद (भिडियो)

काठमाडौं – थाइल्यान्डको थाम लुआङ गुफामा फसेर १८ दिनपछि निस्केका १२ किशोरहरूले उद्धारकर्मीहरूलाई धन्यवाद दिएका छन् । 

सबैजनालाई सुरक्षित बाहिर निकालिएपछि अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले एउटा भिडियो जारी गरेको छ जसमा किशोरहरूले सपोर्टका लागि धन्यवाद भनेका छन् । 

एक किशोर अदुलले भने, ‘मेरो स्वास्थ्य ठीक छ । मलाई बचाउनुभएकोमा धन्यवाद ।’

पोङ नामक किशोरले भने, ‘हामीलाई हौसला दिनुभएकोमा सबैलाई धन्यवाद । संसारभरिका मानिसले हाम्रो सहायता गर्नुभयो, सबैलाई धन्यवाद छ ।’

बियुले भने, ‘हामीप्रति चासो देखाउनुभएकोमा सबैलाई धन्यवाद ।’

तुनले भने, ‘म नेभी सीलप्रति आभारी छु । उहाँहरूले मेरो ज्यान बचाउनुभयो । अहिलेसम्म पाएको समर्थनका लागि सबैलाई धन्यवाद दिन्छु ।’

असार ९ गते गुफामा पसेका १२ किशोर र उनीहरूका युवा प्रशिक्षकलाई बचाउनका लागि थाइल्यान्ड नेभी सील, संसारका दिग्गज गोताखोर र स्थानीय सुरक्षाकर्मीहरूले गहन अभियान चलाएका थिए । अठार दिनसम्मको प्रयासले
उनीहरूलाई गुफाबाहिर ल्याउन सफलता दिलाएको थियो । 

यस अभियानका क्रममा एक नेभी सील कमान्डोको ज्यान पनि गयो र सुरक्षाकर्मीहरूले हौसला नहारिकन मुश्किल अभियानलाई सफल बनाए ।



एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्