११ असार २०८३, बिहीबार

चीनले हाम्रो सैन्य अभ्यासमा जासूसी गरिरहेको छ : अमेरिका

चीनले हाम्रो सैन्य अभ्यासमा जासूसी गरिरहेको छ : अमेरिका

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले चीनको एक जासूसी जहाज हवाई तटमा आएर अमेरिकाको नेतृत्वमा भइरहेको सैन्य अभ्यासको जासूसी गरिरहेको आरोप लगाएको छ । 

सीएनएनले जलसेनाको कप्तान चार्ल्स ब्राउनलाई उद्धृत गर्दै यो समाचार दिएको हो । 

ब्राउनले शुक्रवार भने, ‘अमेरिकाको प्रशान्त फ्लीटले हवाई नजिक चिनियाँ जलसेनाको एक जासूसी जहाज देखेको छ । यो जहाज अमेरिकी समुद्री सीमाबाहिरै बस्नेछ र प्रशान्त महासागरीय अभ्यासमा यसले बाधा गर्ने छैन भन्ने आशा गरौं ।’

पेन्टागनले चीनद्वारा दक्षिण चीन सागरको विवादित क्षेत्रमा एन्टीशिप क्षेप्यास्त्र, जमीनबाट मार हान्ने क्षेप्यास्त्रको तैनाथी लगायतका सैन्यीकरणको विरोध गरेको थियो । 

अमेरिकी सैन्य अधिकारीले सीएनएनलाई बताएअनुसार, असार २७ गते चीनको जासूसी विमान हवाई पुगेपनि यसले अमेरिकाको क्षेत्रीय समुद्रमा भने प्रवेश गरेन । 

चीनले सन् २०१४ र २०१६ मा अभ्यासको जासूसी गर्नका लागि सहायक जनरल इन्टेलिजेन्सका रूपमा चिनिने विमान पठाएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्