११ असार २०८३, बिहीबार

झापामा सर्पले डस्दा एक जनाको मृत्यु

झापामा सर्पले डस्दा एक जनाको मृत्यु

झापा – विषालु सर्पको डसाइबाट आइतबार झापामा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । 

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्