
काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीबाट महंगा र विलासी कार चोरेर नेपाल र भुटानमा बेच्ने गिरोह पक्राउ गरिएको छ । यो समूहले टोली नै बनाएर कार चोर्ने गरेको छ ।
यो टोलीले दुर्घटनामा बिग्रिएको कारलाई असली कागजातका साथ किन्थ्यो । अर्को टोलीले सफ्टवेयरमार्फत त्यही मोडलको कार पत्ता लगाउँथ्यो र चोर्थ्यो । तेस्रो टोलीले कारलाई मोडिफाइ गर्थ्यो अनि चौथो टोलीले मार्केटिङ गरेर त्यो कार बेच्थ्यो ।
गिरोह यति विज्ञ थियो कि पाँच मिनेटमा उसले कारको लक फुटाइदिन्थ्यो अनि प्राविधिकले कारको सेन्सर र जीपीएस हटाइदिन्थ्यो । चोरीको कारलाई मुरादाबाद ग्यारेजमा पठाइन्थ्यो । त्यहाँ उनीहरूले दुर्घटनामा कुच्चिएका गाडीको इन्जिन र
चेसिस नम्बर भएको भाग चोरीको गाडीमा लगाउँथ्यो ।
अनि त्यही चोरीको कार असली कागजातका साथ तयार पारेर नेपाल र भुटानमा बेच्ने गर्थ्यो ।
प्रहरी एसएसपी वैभव कृष्णाले बताएअनुसार, दिल्लीको लोनीबाट कार चोरेको घटनामा प्रहरीले अनुसन्धान गरेर नफीस र इमरानलाई पक्राउ ग–यो । सोधपुछमा त्यसपछि गिरोहको खुलासा भयो । उनीहरूले नेपालमा ६० कार बेचेको बात
कबुले ।
उनीहरूबाट प्रहरीले नौवटा महंगा कारहरू बरामद गरेका छन् ।
एजेन्सी