१५ असार २०८३, सोमबार

१५ दिनमा सञ्जूले कमायो ५०० करोड भारु

१५ दिनमा सञ्जूले कमायो ५०० करोड भारु

काठमाडौं – राजकुमार हिरानीले निर्देशन गरेको फिल्म सञ्जूले विश्वभरिको बक्स अफिसबाट ५०० करोड भारु कमाएको छ । 

ट्रेड विश्लेषक तरण आदर्शले शनिवार ट्वीट गरेर लेखे, ‘सञ्जूले शुक्रवारसम्ममा ५००.४३ करोड रुपैयाँ कमाइसकेको छ ।’

रणवीर कपूरको प्रमुख भूमिका रहेको सञ्जू असार १५ गते सार्वजनिक भएको थियो । दोस्रो हप्तामा आइपुग्दा फिल्म ब्लकबस्टर भएको छ । 

सन् २०१८ मा सर्वाधिक कमाइ गर्ने फिल्म यही हो । यसलाई बनाउन १०० करोड भारु खर्च भएको थियो । 

सञ्जय लीला भन्सालीको विवादास्पद फिल्म पद्मावत यही वर्ष रिलिज भएको थियो र उसले सबै गरेर ४९९ करोड भारु कमायो । तर सञ्जूले १५ दिनमै उसको रेकर्ड तोडिदियो । 

यो रणवीर कपूरको सबभन्दा हिट फिल्म हो । यसअघि उनका कुनै पनि फिल्मले १५० करोड भारु नघाएका थिएनन् ।

शुक्रवारदेखि हलिउड फिल्म एन्ट म्यान एन्ड वास्प आएकाले सञ्जूको स्क्रीन संख्या घटेको चाहिँ छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्