१६ असार २०८३, मंगलबार

ट्रम्प लड्न चाहन्छन् २०२० को राष्ट्रपतीय चुनाव

ट्रम्प लड्न चाहन्छन् २०२० को राष्ट्रपतीय चुनाव

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०२० मा राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न चाहन्छन् । 

बेलायतको सन्डे पत्रिकालाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूलाई सबैले चाहने भएकाले अनि डेमोक्रेटिक पार्टीको कुनै पनि उम्मेदवारले आफूलाई हराउन नसक्ने भएकाले चुनाव लड्न चाहेको बताए । 

बेलायती पत्रकार पीयर्स मोर्गनले सोधेको प्रश्नको उत्तर दिँदै ट्रम्पले भने, ‘अँ, म चुनाव लड्छु नै । मलाई सबैले चाहन्छन् जस्तो लाग्छ ।’

उनले भने, ‘मलाई हराउन सक्ने कुनै पनि डेमोक्रेटिक उम्मेदवार छैन । म सबैलाई चिन्छु र मलाई कोही योग्य छ जस्तो लाग्दैन ।’

सन् २०१६ मा राष्ट्रपति बनेका ट्रम्पको कार्यकाल २०२० मा सकिँदैछ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्