
केन्याको एक जोडीले गत वर्ष बाध्यताका कारण एक डलर मा आफ्नो विवाह गरेका थिए । जोडीको गरिबीका कारण आफ्नो विवाह कयौं पटक सार्न परेको थियो । यो विवाहको चर्चा विश्वभरमा खुब भएको थियो ।
तर, भ्यालेन्टाइन डे मा यो जोडीको चर्चा निकै फरक कहानीको लागि भइरहेको छ । यो जोडीका शुभचिन्तकहरुले चन्दा उठाएर यस्तो भ्यालेन्टाइन डे मनाइदिएकी जसले १ सय रुपैयाँको उनीहरुको विवाहको चर्चा एकाएक हरायोे ।
पछिल्लो महिना यो जोडीको विवाह सोसल मिडियामा निकै भाइरल भएको थियो । विल्सन र एन मुटुराले साधारण जिन्स र टि–सर्टमा विवाह बन्धनमा बाँधिएका थिए । विवाहमा एक अर्कालाई दिनका लागि उनीहरुसँग स्टिलका दुई औंठी थिए ।
त्यतिबेला उनीहरुको विवाहमा सय रुपैयाँ खर्च भएको थियो तर मंगलबारको भ्यालेन्टाइन डे मा उनीहरुको दोस्रो वेडिङ पार्टीमा ३५ हजार डलर अर्थात ३७ लाखभन्दा बढिको खर्च भयो । यो पार्टी केन्याको राजधानी नाइरोबीमा भयो । केनियाली मिडियाले खर्चको यो अनुमान गरेको हो ।
नैरोबीबाट बीबीसीका पटिर म्वाईले भने, ‘यो जोडीको औपचारीक विवाह पहिले नै भइसकेको थियो । भ्यालेन्टाइन डे को मौकामा उनीहरुले नयाँ औंठी एक–अर्कालाई लगाइदिएका छन् ।’
सशस्त्र प्रहरीको समूह, सुरक्षाकर्मी, तीनजना कार्यक्रम प्रस्तोता, मनोरञ्जन र ध्वनीको समूह, फोटोग्राफी, भिडियोग्राफीको समूह, क्याटरिङको समूह र बालबालिकाका लागि विशेष सुविधा दिइएको एडेन ब्लिसमा यो जोडीको दोस्रो विवाह भयो ।

२६ वर्षीया विल्सनले इडेलीलाई बताए, ‘विवाह गरेर हामी घर गयौं, घरमा भएको साधारण खाना खायौं र सुत्यो । हामीले हनिमुनमा केही विशेष गरेनौं ।’
तर उनीहरुबारेको समाचार सोसल मिडियामा भाइरल भएपछि ट्राभल र टुर कम्पनीले उनीहरुलाई हनिमुनको प्याकेज उपलब्ध गराए । जोडीलाई मोम्बासामा रहेको केन्या शहरमा पाँच दिनको हनिमुन यात्रा प्रदान गरियो जहाँ उनीहरु चार तारे होटलमा बसे ।
बीबीसीका अनुसार केन्याका मानिसहरुले वेडिङ पार्टीमा आखिर किन यति धेरै पैसा खर्च गर्नुपर्ने भन्ने प्रश्न सोध्न थालेका छन् । उनको भनाई अनुसार वेडिङ पार्टीमा पैसा उडाउनुको साटो उनीहरुलाई आर्थिक मद्दत गर्न सकिन्थ्यो ।
बीबीसीबाट