११ असार २०८३, बिहीबार

शरीरमा यी लक्षण देखिए भने तपाईं बिरामी हुनुभयो है !

कात्तिक २०, २०७४
शरीरमा यी लक्षण देखिए भने तपाईं बिरामी हुनुभयो है !
काठमाडौं— हामी अस्वस्थ भएको थाहा पाउन रगत परीक्षण वा एक्सरे नै गरिरहनुपर्छ भन्ने छैन । हाम्रो शरीर अद्वितीय छ । हामी खुशी हुँदा पनि दुःखी हुँदा पनि यसले संकेत दिन्छ ।


त्यसैगरी हामी बिरामी हुँदा पनि यसले संकेत दिन्छ । धेरैजसो समयमा त हामीले यस्ता संकेत बेवास्ता गर्छौं । तर यहाँ उल्लेख गरिएका केही संकेत देख्नुभयो भने तत्कालै चिकित्सकसँग परामर्श लिइहाल्नुहोला ।

आँखाको सेतो भाग
यो जतिखेर पनि सेतै हुनुपर्छ । कहिलेकाहीँ हामी धेरै थाक्यौं भने हाम्रा आँखा राता हुन्छन् र हामीले आराम गर्ने संकेत पाउँछौं । त्यसैगरी तपाईंले आँखामा फरक रंग देखियो भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । कमलपित्त (जन्डिस), कलेजोको समस्या, हाइपरटेन्सन वा कुनै भाइरल रोगको लक्षण हुन सक्छ यो ।

बर्थमार्क वा कोठी
धेरै मान्छेलाई शरीरमा कोठी हुनु सौभाग्यको लक्षण हो भन्ने लाग्छ । धेरैजसो कोठी हानिकारक हुँदैनन् तर तपाईं घाममा आउँदा मात्र शरीरमा कोठी देखियो भने तत्कालै चिकित्सकलाई भेट्नुस् ।

घाँटी फुलेको
घाँटीको अघिल्लो भाग फुल्यो भने थाइरोइडको समस्या हुन सक्छ । बीस वर्षदेखि ५० वर्षसम्मका महिलामा यो समस्या आउन सक्छ ।

सेतो कपाल
यो सबैका लागि संवेदनशील विषय हो । युवाअवस्थामै कपाल फुल्नु त वंशानुगत कारणले हुन सक्छ । तर सानो उमेरमै ५० प्रतिशतभन्दा बढी कपाल फुल्यो भने चाहिँ मधुमेहको लक्षण हो । तपाईंले तत्कालै चिकित्सकको परामर्श दिनुपर्छ ।

रातो हत्केला
छालाको कुनै एलर्जीका कारण हत्केला रातो हुन सक्छ । तर साह्रै धेरै रातो भयो भने चाहिँ कि त तपाईंले साह्रै धेरै काम गर्नुभयो कि त तपाईंको कलेजोमा समस्या छ ।

आँखीभौं झर्ने
आँखीभौं हाम्रो अनुहारका सबभन्दा महत्त्वपूर्ण अंग हो । आँखीभौं झर्दा घिनलाग्दो देखिन्छ । थाइरोइडको समस्या भयो भने आँखीभौं झर्छ ।

खुट्टा चिसो हुने
खुट्टा चिसो हुने समस्या आइरह्यो भने तपाईंलाई मुटुको रोग लागेको हुन सक्छ ।

अनुहार रातो हुने
हुन त गुलाबी गाला भएका युवतीहरू आकर्षक देखिन्छन् । हर्मोनमा परिवर्तन आउँदा ३० देखि ५५ वर्षका उमेरका महिलाको गाला रातो हुन्छ । तापक्रममा परिवर्तन आउँदा अनि तातो खानाका कारण पनि गाला रातो भइदिन्छ । तर कहिलेकाहीँ चाहिँ रोजासिया नामक छालाको रोगका कारण पनि गाला रातो हुन्छ ।

नङ
नङको आकार र टेक्स्चरमा परिवर्तन आयो भने शरीरमा धेरै परिवर्तन भइरहेका छन् भन्ने बुझाउँछ । दिसा बस्न समस्या हुने, मुटुरोग र कलेजोको रोग लगायतका कुरालाई यसले देखाउँछ ।

ओठ फुट्ने
जाडोमा ओठ फुटेर लिप क्रीम लगाउनु त सामान्य कुरा हो । तर सधैं ओठ फुटिरहन्छ भने अनि ओठको भित्रपट्टि घाउ छन् भने भिटामिन बीको अभाव र फंगल संक्रमण पनि हुन सक्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्