
उदयपुर– भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराती पौँने १० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।