१२ असार २०८३, शुक्रबार

आर्थिक लाभका लागि मिसकल !

आर्थिक लाभका लागि मिसकल !

काठमाडौं– मोबाइ प्रयोगकर्ताको नम्बरमा मिसकल आउँदा सिएलआई भएका अर्थात् कल सिर्जित मुलुक र नम्बर पहिचान भएको हुन्छ । फोन नम्बर ट्रेस गरी कल गर्ने व्यक्तिको पनि पहिचान गर्न सकिन्छ ।

विशेष गरी यसरी आउने मिसकलले मोबाइल प्रयोगकर्तालाई डिस्टर्ब गर्ने गरेको भए पनि खास उद्देश्य भने पैसा कमाउनु रहेको हुन्छ । एकदमै उच्च कल शुल्क भएका मुलुकबाट यस्ता कलहरू आउने गरेका छन् ।

यसरी सय जनालाई मिसकल गर्दा कम्तीमा ५ जनाजतिले कल ब्याक गर्ने सम्भावना रहन्छ । त्यसबाट कल ब्याक गर्ने प्रयोकर्ताको धेरै ब्यालेन्स काटिन्छ । त्यसबाट आर्थिक लाभ लिइरहेका हुन्छन् ।

त्यसबाट बच्न नचिनेका नम्बरमा कल ब्याक नगर्न नेपाल दूरसञ्चार प्राधिकरणको सुझाब छ । यस्ता विशेष नम्बर भने सेवा प्रदायकले पहिचान गर्न सम्भव रहेको एनसेलका कर्पोरेट निर्देशक प्रणयराज आचार्य बताउँछन् ।, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्