१७ असार २०८३, बुधबार

भारतका लागि नेपाली राजदूतमा उप्रेती सिफारिस

भारतका लागि नेपाली राजदूतमा उप्रेती सिफारिस

काठमाडौं– भारतका लागि नेपाली राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सिफारिस भएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतिलाई भारतका लागि र पूर्व राजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत नियूक्त गर्न संसदीय सुनुवाई समितिमा सिफारिस गरिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

अब सुनुवाई समितिमा उप्रेति र पाण्डेको सुनुवाई हुनेछ । 

छिमेकी मुलुक भारतमा झण्डै ९ महिनादेखि राजदूत नियुक्त हुन सकेको थिएन । तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएपछि नयाँ दिल्लीको दूतावास कर्मचारीको भरमा चल्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्