
इतिहास बनिसकेको नोकिया ३३१० फेरि बजारमा आउने भएको छ ।
२६ फेब्रुअरीमा वल्र्ड मोबाइल कांग्रेसमा कम्पनी ३३१० को फेरि ल्याउने तयारी गरिएको हो । फोनको मूल्य करिब ६ हजार हुनसक्ने अनुमान गरिएको छ ।
यो फोन पहिलो पटक सन् २००० मा लञ्च भएको थियो । स्मार्टफोन आएसँगै विस्तारै नोकिया ३३१० बजारबाट हराएको थियो ।
यो फोनको पहिला प्रयोग गर्नेहरुलाई यो समाचार पुनस्मरण भएको छ । यसको कारण पनि यसको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ ।
भारतीय बजारमा यो फोन बजारमा आउने भएसँगै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । धेरैले यसको स्वागत गरेका छन् ।