०९ असार २०८३, मंगलबार

नेपाल र बङ्गलादेशको सूचना आयोगबीच समझदारीपत्रमा हस्ताक्षर

कात्तिक २०, २०७४
नेपाल र बङ्गलादेशको सूचना आयोगबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, ४ फागुन - राष्ट्रिय सूचना आयोग र बङ्गलादेशको सूचना आयोगबीच सहयोग आदानप्रदानसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा र बङ्गलादेशका सूचना आयोगका प्रमुख आयुक्त प्रा डा मोम्मद गोलम रहमानले ढाकामा हस्ताक्षर गर्नुभएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई देशका आयोगसम्बद्ध उच्च पदाधिकारीले नियमित रूपमा भेटघाट गर्ने, आपसी विज्ञता, अनुभव र मानव संसाधन विकाससम्बन्धी सहयोगको आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।


सो समझदारी पाँच वर्षसम्म कायम रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्