०६ असार २०८३, शनिबार

विराटनगरस्थित एक रेष्टुराँमा आगलागी : ६० लाखको क्षति

विराटनगरस्थित एक रेष्टुराँमा आगलागी : ६० लाखको क्षति

विराटनगर-  विराटनगर महानगरपालिका–१२, पञ्चालीमा सञ्चालित गीतगजल रेष्टुराँमा आज बिहान आगलागी हुँदा करीब रु ६० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ । 

विराटनगर वडा प्रहरी कार्यालयका अनुसार आज बिहान करीब ४ः१५ बजे भएको आगलागी विद्युत् सर्ट भएर भएको र सो क्षतिको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । 

स्थानीय नवीन घिमिरेको घर बहालमा लिई योग्य श्रेष्ठद्वारा सञ्चालित पञ्चाली गीतगजल रेष्टुराँमा लागेको आगोलाई दमकल, स्थानीय प्रहरी र सर्वसाधारण जनताको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

कमेन्ट गर्नुहोस्