काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफविरुद्ध कैदीहरूले नारा लगाएपछि अदियाला जेल प्रशासनले नवाजका गतिविधिहरूलाई सीमित गरेको छ ।
शरीफलाई अब मस्जिदमा जमाज पढ्न समेत दिइनेछैन ।
सूत्रहरूका अनुसार, शरीफ र उनकी छोरी मरियमलाई सिहाला रेस्ट हाउसमा सार्ने विषयमा विचार गर्दैछ ।
डन न्युजका अनुसार, एक वरिष्ठ सुरक्षा अधिकारीले बुधवार रेस्ट हाउसमा एक बम निरोधक दस्ता पठाइएको छ । शरीफ र मरियमलाई पठाउनुअघि परिसरमा कुनै पनि विस्फोट नहोस् भन्ने सुनिश्चित गर्नका लागि यसो गरिएको थियो ।
सुरक्षा अधिकारीका अनुसार, तीनचोटि देशको प्रधानमन्त्री भइसकेका शरीफलाई जेलमा राख्नु असुरक्षित हुन सक्छ किनकि धेरै कैदीहरू आतंकवादी गतिविधिका दोषी छन् । शरीफ र उनकी छोरीको सुरक्षा कडा गरेको भएपनि खतरा
कायम छ ।
सिहाला लजलाई सफा गरेर त्यहाँ फूल, चित्रकला र तस्वीरहरूले सजाइएको छ । त्यहाँ कैदीहरूलाई एउटा डबल बेड, दुई कुर्सी र एउटा टेबल दिइनेछ ।
यही लजमा सन् १९९६ मा पूर्वराष्ट्रपति र पीपीपीका सहअध्यक्ष आसिफ अली जरदारीलाई हिरासतमा राखिएको थियो । अन्य राजनेतालाई पनि रेस्ट हाउसमा हिरासतमा राखिएको थियो ।
एजेन्सी