जुम्ला– जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसिरहेका डा. गोविन्द केसीलाई काठमाडौं लैजान प्रहरीले गोली चलाएको छ ।
डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका विद्यार्थी, सर्वसाधारणलाई लक्षित गर्दै प्रहरीले गोली चलाएको थियो । गोलीबाट एक प्रहरी नै घाइते भएका छन् । उनको छातिमा गोली लागेको जनाइएको छ ।
काठमाडौंबाट गएको सरकारी टोलीलाई केसी समर्थकले भेट्न नदिएपछि उनीहरु फर्किएका थिए ।
सरकारी टोली फर्किएलगत्तै प्रहरीले केसी समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको थियो । लाठी चार्जका कारण एक दर्जन भन्दा धेरै विद्यार्थी, चिकित्सक, सर्वसाधारण घाइते भएका छन् ।