१६ असार २०८३, मंगलबार

गण्डकीको प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

गण्डकीको प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन
फाइल फोटो

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गरिरहनुभएको छ ।

प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहनुभएको हो । 

संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्नुभएको हो ।

प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री लगायतले स्वागत गर्नुभएको थियो । 

यसअघि दिउँसो १२.४० बजेका लागि सम्बोधनको कार्यक्रम तय गरिएकामा प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण सम्बोधन केही समय ढिलो भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्