०४ असार २०८३, बिहीबार

पृथ्वीमुनि छ हीराको ठूलो भण्डार, निकाल्न गाह्रो

पृथ्वीमुनि छ हीराको ठूलो भण्डार, निकाल्न गाह्रो

काठमाडौं – वैज्ञानिकहरूले पृथ्वीमुनि हीराको ठूलो भण्डार पत्ता लागेको छ । म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार, पृथ्वीमुनि १० खर्बभन्दा हजार गुणा बढी मूल्यको हीरा छ । 

तर त्यो हीरा अहिलेसम्म निकाल्न सकिएको छैन । 

वैज्ञानिकहरूका अनुसार, त्यो हीरा पृथ्वीको सतहभन्दा १४५ देखि २४० किलोमिटरको गहिराइमा छ । अहिलेसम्म कुनै पनि मानिस यति गहिराइसम्म पुग्न सकेको छैन र यति गहिराइमा खन्न पनि सकिन्न । 

एमआईटीको डिपार्टमेन्ट अफ अर्थ एटमोस्फेरिक एन्ड प्लानेटेरी साइन्सेजमा अनुसन्धान वैज्ञानिक उलरिक फल भन्छन्, ‘हामी यो हीरा बाहिर निकाल्न सक्दैनौं तर यति धेरै हीरालाई त्यत्तिकै छोड्नु पनि कसरी ? यसका बारेमा पहिले थाहै हुन सकेन ।’

यो हीराखानी उल्टो पहाडको आकारमा छ । पुराना अनुमानअनुसार, पृथ्वीको भूमिगत चट्टानमा सोचेभन्दा हजार गुणा बढी हीरा छन् । तर यो हीरा गहनापसलमा पुग्ने सम्भावना एकदमै कम छ । 

हीरा कार्बनबाट बन्छ । धर्तीको गहिराइमा चर्को दबाब र अत्यधिक तापक्रमका कारण हीरा बन्छन् । ज्वालामुखी विस्फोट हुँदा ती हीरा सतहनजिक आइपुग्छन् तर यो दुर्लभ कुरा हो । यस्तो हीरा फाल्ने गरी ज्वालामुखी विस्फोट लाखौं वर्षमा
एकचोटि हुन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्