२५ जेठ २०८३, सोमबार

यी देशमा राख्न पाइदैन बच्चाको यस्तो नाम

यी देशमा राख्न पाइदैन बच्चाको यस्तो नाम

काठमाडौं— हुन त बच्चाहरूको नाम उनीहरूकै आमाबुवाले राख्छन् तर यहाँ हामी यस्ता केही नामका बारेमा बताउँदैछौं जसमाथि विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ । 

तपाईं जापानमा हुनुहुन्छ भने बच्चाको नाम अकुमा राख्न सक्नुहुन्न किनकि अकुमा भन्नाले राक्षस बुझिन्छ ।

चीनमा एक दम्पतीले आफ्नो छोरोको @ नाम राखेका थिए । त्यहाँ यस्तो नाम राख्न प्रतिबन्ध छ ।

स्विडेनमा बच्चाको नाम एल्भिस र सुपरम्यान राख्न पूरै प्रतिबन्ध लगाइएको छ ।

न्युजिल्यान्डमा बच्चाको नाम प्रिन्स, प्रिन्सेस, किङ, मेजर, सर्जेन्ट वा नाइट राख्न पाइन्न । 

साउदी अरबमा बच्चाको नाम एलिस राख्न पाइँदैन । 

जर्मनीमा बच्चाको नामबाटै केटा वा केटी छुट्टिनुपर्ने गरी राख्नुपर्छ । 

मलेसियामा जनावर, कीरा, रंग वा शाही परिवारसँग जोडिएका नाम राख्न प्रतिबन्धित गरिएको छ । 

पोर्चुगलमा ४१ पानाको एक सूची छ । त्यहाँ भएको नाम कुनै हालतमा पनि राख्न पाइँदैन । त्यसमध्ये एक नाम मोनालिसा पनि हो । 

डेनमार्कमा बच्चाको नाम प्लुटो र मंकी राख्न पाइन्न । 

salt training

कमेन्ट गर्नुहोस्