०४ असार २०८३, बिहीबार

नेपाली युवतीलाई चीन लगेर लगाइन्छ यस्तो धन्दामा

साउन ५, २०७५
नेपाली युवतीलाई चीन लगेर लगाइन्छ यस्तो धन्दामा

रसुवा–रसुवागढी नाकाबाट केरुङ जान लागेका २९ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएर उद्धार गरेको छ । टिमुरेमा सहायता कक्ष खोलेको दश महिनाको अवधिमा सो संस्थाले बेचबिखनमा परेका २९ जना किशोरीको उद्धार गरेको हो । 
१९ वर्षीया एक युवतीलाई ललाई फकाई नक्कली नागरिकता बनाएर बेचबिखनको उद्देश्यले लैजान लागेको आरोपमा कास्की जिल्ला लेखनाथ नगरपालिकाका २४ वर्षीय सुरज दर्जी, पोखरा उपमहानगरपालिका ६ का २४ वर्षीय समर परियार, सिन्धुपाल्चोकका केरुङमा डान्सबार सञ्चालन गर्ने २७ वर्षीय ग्याल्जेन तामाङलाई माइती नेपालको सहयोगमा सुरक्षाकर्मीले पक्राउ गरेको छ । 
अवैध क्रियाकलापमा संलग्न भएको सूचनाका आधारमा माइती नेपाल र चिनियाँ प्रहरीको समेत सहयोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । केरुङमा एक युवतीलाई लगेर डान्सबार तथा यौन धन्दामा लगाएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । 

नागरिकता बनाउन स्याफ्रुको होटलमा राखेर यौनशोषण गरेको केरुङमा पनि जबरजस्ती यौन शोषण गरेको खुलासा भएको प्रहरीले जनाएको छ । तीन जनालाई प्रहरीले पक्राउ गरेको र संलग्न अन्यको खोजी भइरहेको तामाङले बताए । 
घटनामा संलग्नहरूलाई मानव बेचबिखन तथा जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पछिल्लो समय मानव बेचबिखन चीनतर्फ हुन थालेको जिल्ला प्रहरी कार्यालय रसुवाको भनाइ छ । 
माइती नेपालका अनुसार गत २०१७ सेप्टेम्बरदेखि हालसम्म २९ जनालाई घर फिर्ता गरेको र नौसय ५५ जना किशोरीको सहायता कक्षबाट परामर्श दिइएको माइती नेपाल टिमुरे हेल्प डेस्ककी अम्बिका श्रेष्ठले बताइन् । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्