१० असार २०८३, बुधबार

पश्चिम बंगालका कम्युनिस्टहरू धमाधम भाजपामा

पश्चिम बंगालका कम्युनिस्टहरू धमाधम भाजपामा

काठमाडौं – कुनै समयमा राताझण्डे कम्युनिस्टहरूको गढ मानिने भारतको पश्चिम बंगाल राज्यमा तीव्र गतिमा रंग परिवर्तन भइरहेको छ । राज्यमा अब गेरु रंगको राजनीतिक दल भारतीय जनता पार्टी प्रस्टसँग उदाइरहेको छ । 

सन् २०१६ को चुनावपछि राज्यको राजनीतिमा परिवर्तन आइरहेको हो । पहिले वाम दलहरूलाई समर्थन गर्ने नेता र तिनका कार्यकर्ता अहिले भाजपाको शरणमा परेका छन् । 

अघिल्लो विधानसभा चुनावमा भाजपा चौथो स्थानमा थियो । तर त्यसपछि भएका उपचुनावमा कांग्रेस र वाम उम्मेदवारहरूलाई पछि पार्दै भाजपा दोस्रो स्थानमा आयो । उपचुनाव र पञ्चायतको चुनावमा भाजपा दोस्रो ठूलो पार्टी बन्न पुगेको छ । 
कूचविहार उपचुनावमा मतलाताले तृणमूल कांग्रेसको विकल्पका रूपमा कांग्रेस वा वाम दललाई नछानेर भाजपालाई छान्न थालेको देखिएको छ । भाकपा मार्क्सवादीको मत प्रतिशत घटेजति नै भाजपाको मत प्रतिशत बढेका कारण कम्युनिस्टहरू भाजपातिर ओइरिएको संकेत पाइन्छ ।

पछिल्ला चुनावका आँकडालाई विश्लेषण गर्दा वाम दललाई मत हाल्नेहरूको एकदमै कम हिस्सा टीएमसीतर्फ गए । यसको ठूलो हिस्सा भाजपातर्फ गए ।

खासमा भाकपाले सन् १९९० को दशकदेखि नै आफ्ना समर्थकहरूलाई टीएमसीको विरोध गर्न प्रशिक्षित गरेको थियो । त्यसैले उनीहरूको मनमा टीएमसी विरोधी दल हो भन्ने छाप प–यो । 

सन् २०११ मा सत्ताच्युत भएपछि भाकपाले आफ्नो आधार कायम राख्न सकेन र नेताहरू आफ्नो राजनीतिक बचाउनमा मात्र केन्द्रित भए । 

लामो समयसम्म सत्तामा रहँदा भाकपाले संगठनात्मक संरचना बलियो बनाउने आवश्यकता ठानेन र प्रशासनको तुजुक मात्र देखायो । त्यसैले सत्ताबाट बाहिरिएपछि उसको आधार नै हरायो । 

राज्यमा राजनीतिक रंग परिवर्तन भएपछि सबै ट्रेड युनियनको साइनबोर्डको रंग पनि बदलिएको छ । एकदमै कम मात्र भाकपा समर्थक बचेकोमा उनीहरूमाथि पनि आक्रमण भइरहेको छ र उनीहरूका राजनीतिक संरक्षक पनि बचाउमा आउन सकेका छैनन् । 

ती हताश समूह अन्ततोगत्वा भाजपाको शरण परेका छन् । बंगालमा अब प्रमुख विपक्षको रंग गेरु बनेको छ । राज्यको राजनीतिक खेल परिवर्तन हुन थालेको छ । 

टीएमसीकी सर्वोच्च नेता ममता बनर्जीले पनि यो कुरा अनुभव गरिसकेकी छन् । उनले भाजपालाई नै सबभन्दा ठूलो शत्रु मानेकाले केन्द्रको सरकारविरुद्ध आगामी १९ जनवरीमा विशाल –याली आह्वान गरेकी छन् । 

भाजपाले पनि त्यही ब्रिगेड परेड मैदानमा –याली गर्ने निर्णय लिएको छ । राज्यमा अब कांग्रेस र वाम दलमा कुनै दम बाँकी छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्