
काठमाडौं – इरानका परराष्ट्रमन्त्री मोहम्मद जावद जरीफले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको धम्कीयुक्त ट्वीटको जवाफ उनकै जस्तो तरिकाले दिएका छन् ।
जरीफले एक ट्वीट गर्दै लेखे, ‘हामीहरू शताब्दियौंदेखि यहाँ छौं । हामीले आफ्नोसहित अनेकौं साम्राज्य बनेको र ध्वस्त भएको देखेका छौं । हाम्रो साम्राज्यको अस्तित्व त्यति नै लामो रह्यो जति त कुनै कुनै देशको उमेर पनि छैन । सम्हालिएर बसे हुन्छ ।’
COLOR US UNIMPRESSED: The world heard even harsher bluster a few months ago. And Iranians have heard them —albeit more civilized ones—for 40 yrs. We’ve been around for millennia & seen fall of empires, incl our own, which lasted more than the life of some countries. BE CAUTIOUS!
— Javad Zarif (@JZarif) July 23, 2018
यसअघि एक ट्वीट गरेर ट्रम्पले इरानलाई धम्क्याएका थिए । उनले लेखेका थिए, ‘अबदेखि अमेरिकालाई कहिल्यै नधम्क्याउनू नत्र यस्तो परिणाम भोग्नुपर्ला जसको उदाहरण इतिहासमा मुश्किलैले पाइन्छ ।’
एजेन्सी