११ असार २०८३, बिहीबार

डाक्टर केसीको समर्थनमा आज पनि तरुण दलको प्रदर्शन

डाक्टर केसीको समर्थनमा आज पनि तरुण दलको प्रदर्शन
फाइल फोटो

काठमाडौं –प्रा डा गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । 

आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए ।

नयाँ बानेश्वरमा भएको विरोधसभामा काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर लिल्ला सभापति दुर्लभ थापालगायतले प्र डा केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्