१० असार २०८३, बुधबार

एक रातको वर्षामै यसरी डुब्यो विराटनगर , कसरी टर्ला खतरा ?

एक रातको वर्षामै यसरी डुब्यो विराटनगर , कसरी टर्ला खतरा ?

विराटनगर-संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के बुधवार बिहानै विराटनगर १० स्थित लर्डबुद्ध कलेज  नजिकै आफ्नै घर अगाडीको पानी निकासको लागि कोदालो निएर खन्न निस्किए । 
 मंगलवार रातभरी पानी पर्दा  उनीसँगै आसपासका केही घरहरु डुबेका छन्   । कहिल्यै पानी नपस्ने उनको घरमा गत बर्षको बर्षादेखि पानी पस्न थालेको हो ।
 अलिक ठूलो पानी पर्ने वितिकै डुब्न थालेको उनले सुनाए । जमिनको सतह भन्दा माथि नाली  बनाइँदा छेउछाउका घरहरु डुवानमा परेका हुन्  । यहाँको पानीको निकासको लागि कुनै योजना नबनाईँदा  सामान्य पानी पर्दापनि समस्या भएको उनले सुनाए । 

विराटनगरमा सामान्य पानी पर्दापनि अब डुवान हुने हो की भन्ने त्रास जन्माएको छ । गत बर्ष बर्षाको कारण बिराटनगरका अधिकांश क्षेत्र डुवानमा परेको स्मरण हुँदा हुँदैपनि यो बर्ष पनि त्यसबाट बच्ने उपाएको खोजी कतैबाट पनि भएको छैन । 

जिल्ला तह तथा संरचना खारेज भईसकेको अबस्थामा विराटनगर महानगरपालिकाकाले यसको बारेमा चनाखो हुनुपर्ने अबस्थामा अहिले सम्म चासो नदिएको मास्केले आरोप लगाए ।  विकास निर्माणमा भएको भ्रष्टाचारको कारण अहिले नगरवासीले सास्ती पाउनु परेको उनको गुनासो छ । 

एसियाली विकास बैंकको साझेदारीमा संचालित झण्डै ७ अर्ब परियोजनामा चरम लापरवाहीका कारण समस्या आएको उनको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्