०१ असार २०८३, सोमबार

किम जोङ–उनले भने, सैनिकहरूले स्वादिष्ट र राम्रो खाना पाउनुपर्छ

किम जोङ–उनले भने, सैनिकहरूले स्वादिष्ट र राम्रो खाना पाउनुपर्छ

काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्नो देशका सैनिकहरूलाई स्वादिष्ट र राम्रो खानेकुरा दिनुपर्ने बताएका छन् । 

सैनिक रासन कारखानाको भ्रमण गर्ने क्रममा उनले यसो भनेका हुन् । यसअघि उत्तर कोरियाली सैनिकले पर्याप्त खाना नपाएको रिपोर्ट आइरहेको हुन्थ्यो । उत्तरबाट दक्षिण कोरियातिर भागेका एक सैनिकको पेटमा कुपोषणका कारण कीरा परेको समेत भेटिएको थियो ।

रासन कारखानाले स्वादिष्ट र स्वस्थ खानेकुरा तयार पारेर सैनिकहरूको पोषण बलियो बनाउनुपर्ने उनको निर्देशन थियो । 

कारखानाका स्टाफले सधैं पर्याप्त उत्पादन गरिरहेको र यसलाई पछि पनि कायम राख्नुपर्ने पनि किमले बताए । 

उता अमेरिका र उत्तर कोरियाबीच आणविक हतियार नष्ट गर्ने विषयमा कुराकानी चलिरहेको छ । आणविक हतियार पूर्णतः नष्ट गरेमा उत्तरमाथिका सबै प्रतिबन्ध हटाइन सक्छ । त्यसो भएमा देशको स्थिति पनि सुध्रिनेछ । 

यसअघि भूउपग्रहमार्फत उत्तर कोरियाका केही तस्वीर सार्वजनिक भएका थिए जसले उत्तर अब ब्यालिस्टिक क्षेप्यास्त्रको इन्जिन तयार पार्ने प्रतिष्ठान नष्ट गर्न शुरू गरेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्