काठमाडौं – बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि शेरबहादुर तामाङले कानूनमन्त्रीको पदबाट राजीनामा दिए ।
राजीनामापछि लोकान्तरलाई दिएको अन्तर्वार्तामा तामाङले आफ्नो अभिव्यक्तिका कारण बंगलादेशमा अध्यनरत छात्राहरूमाथि चोट पुगेको भन्दै राजीनामाको निष्कर्षमा पुगेको बताएका छन् ।
गल्तीप्रति माफी माग्दै राजीनामा गरेपछि अहिले सामाजिक सञ्जालमा ‘राजनीतिमा नैतिकता’को विषय फेरि एकपटक बहसमा आएको छ ।
‘के सोचाइ आएपछि अब राजीनामा दिनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो ?’ भन्ने लोकान्तरको प्रश्नमा निवर्तमान मन्त्री तामाङको जवाफ यस्तो छ –
हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :