१० असार २०८३, बुधबार

प्रेस काउन्सिलको सदस्यमा पत्रकार बुढाथोकी नियुक्त

प्रेस काउन्सिलको सदस्यमा पत्रकार बुढाथोकी नियुक्त

काठमाडौं – वरिष्ठ पत्रकार गोपाल बुढाथोकी प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् ।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीस्तरीय निर्णय गर्दै बुढाथोकीलाई ४ वर्षका लागि सदस्य नियुक्त गरेका हुन् ।

करीब चार दशकदेखि पत्रकारितामा सक्रिय बुढाथोकी सम्पादक प्रकाशकको तर्फबाट प्रेस काउन्सिलको सदस्यमा चयन भएका हुन् ।

सांघु साप्ताहिकका प्रकाशक/सम्पादक बुढाथोकीले पत्रकार आचारसंहिता, पत्रकारिताका सिद्धान्त र पत्रकारका पेशागत अधिकारका सवालमा विभिन्न कालखण्डमा विशेष भूमिका खेलेका छन् ।

पत्रकार महासंघका पूर्वउपाध्यक्ष र सल्लाहकार समेत रहेका बुढाथोकी सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाको निसानामा परेका थिए ।

अनेकन उतारचढाव र जेलनेल समेत खेपेका बुढाथोकी निरन्तर पत्रकारितामा सक्रिय रहने कम पत्रकारमा पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्