
रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमापहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, २७ वर्षका विक्रम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ र सोही गाउँपालिकाको वडा नम्बर ४ का वर्ष ३७ का रेशम खड्का रहेका छन् ।

मृत्यु हुनेमा सबै कन्टेनरका चालक रहेको प्रहरीले जनाएको छ । गएराति करिब पौने १ बजे पहिरो गएको हो ।

पहिरोमा परि अन्य ५ जना अझै वेपत्ता रहेका घटनास्थलमा रहेका डीएसपी सन्तोष तामाङले बताए । पहिरोमा परेका १२ जनाको उद्धार गरिएको छ ।

चीनसँगको उत्तरी नाका रसुवागढी नजिकको टिमुरे बजारमा पहिरो गएको हो । तामाङका अनुसरा झण्डै ५ सय मिटरमाथिबाट पहिरो आएको छ ।

अहिले नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् । टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पहिरोले पुरेको छ ।

पहिरोले केही होटल, घर तथा गाडीहरु पनि पुरेको छ । दुईवटा होटल र एक घर पुरिएकाछन् । तीनवटा ट्रकमा क्षति पुगेको छ ।


तस्बिर : नेपाल हिमालय सीमापार वाणिज्य संघ