१० असार २०८३, बुधबार

तस्वीरमा हेर्नुहोस्, डाक्टर र प्रहरीबीच झडप, ३० भन्दा बढी पक्राउ

साउन १०, २०७५
तस्वीरमा हेर्नुहोस्, डाक्टर र प्रहरीबीच झडप, ३० भन्दा बढी पक्राउ

काठमाडौं– डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ । प्रहरीले ३० भन्दा बढी स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ ।

विहीवार शिक्षण अस्पतालबाट आन्दोलनरत चिकित्सकको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो त्यसक्रममा चिकित्सक र प्रहरीबीच सामान्य झडप भएको छ । 

डाक्टरको पोशाकमा आन्दोनमा उत्रिएका चिकित्सकले डा. केसीको अनशनको समर्थन र सरकारको विरोधमा नारावाजी गरेका थिए भने विरोध लेखिएका प्लेकार्ड बोकेका थिए । 

चिकित्सा क्षेत्रको सुधारको माग गदै डा. गोविन्द केसी २७ दिन देखि आमरण अनशनमा बसेका छन् । 

उनको मागको सम्बोधनको लागि हिजो सरकारकासँग भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्