
काठमाडौं – चीनको राजधानी बेइजिङमा बिहीवार अमेरिकी दूतावासबाहिर विस्फोटको आवाज सुनिएको छ अनि चारैतिर धूवाँ देखिएको छ ।
विस्फोट भएको ठाउँमा हरेक दिन ठूलो संख्यामा चिनियाँ नागरिकहरू भिसाको निवेदन दिने गर्छन् ।
स्थानीय सञ्चारमाध्यमले भने एकजना व्यक्तिले दूतावासमा बम फ्याँकेको तर त्यो पर्खालपारि पुग्नुअघि नै पड्केको लेखेका छन् । केही मानिस घाइते भएका छन् भने प्रहरीको एउटा कारमा क्षति पुगेको छ ।
विस्फोट स्थानीय समयअनुसार दिउँसो १ बजे भएको हो ।
सामाजिक सञ्जालमा विस्फोटको भिडियो पनि शेयर भएको छ । सबैतिर धूवाँ देखिन्छ ।
Current situation at the U.S Embassy in Beijing China. @CNN @CNBC @CNBCnow @WSJ @FT @nytimes @IOStoken pic.twitter.com/UMz09WTa9U
— Jimmy Zhong (@jimmyzhong_iost) July 26, 2018
एजेन्सी