११ असार २०८३, बिहीबार

युट्युब हेरेर बच्चा जन्माउने हुँदा महिलाको मृत्यु

युट्युब हेरेर बच्चा जन्माउने हुँदा महिलाको मृत्यु

काठमाडौं – भारतका तमिलनाडुस्थित तिरपुरमा युट्युब हेरेर बच्चा जन्माउने २८ वर्षीया महिला ३.३ किलोग्रामको स्वस्थ शिशु जन्माएर मरेकी छन् । 

महिलाका पतिले आफ्ना दुई साथीसँग मिलेर यो डेलिभरी गराएका थिए र उनीहरू कोही पनि बच्चाको जन्म गराउन  योग्य थिएनन् ।

क्रिथिगा नामक महिला एक निजी विद्यालयकी शिक्षिका थिइन् र उनका पति कार्तिकेयन कपडा कम्पनीमा काम गर्थे । उनीहरूको तीन वर्षीया एक छोरी पनि थिइन् । 

क्रिथिगाका पिता राजेन्द्रनले भने, ‘छोरीले पहिलो बच्चा अस्पतालमै जन्माएकी हुन् तर दोस्रो बच्चा चाहिँ घरैमा जन्माउन चाहन्थिन् ।’

क्रिथिगाकी साथी लावण्याले हालै घरैमा बच्चा जन्माएकाले उनलाई पनि प्रेरणा जाग्यो । प्रहरीले महिला आफ्नै मर्जीले बच्चा जन्माउन तयार भएकाले कसैका विरुद्ध मुद्दा नचलाइने बतायो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्