०१ असार २०८३, सोमबार

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

साउन १०, २०७५
जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

टोकियो– जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । 

जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । 

सन् १९०१ को मे २ तारिखमा जन्मिएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक थिइन् । 

गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो । 

आइतबार निधन  भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो । 

उनको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बनेको  मन्त्रालयले जनाएको छ । 

तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । उनीअहिले ११५ वर्षको भएकी छिन् । 

जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका  बनेका छन् । उनी  विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छन् । उनको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्