१२ असार २०८३, शुक्रबार

होटलका कर्मचारीबीच कुटाकुट, एकको मृत्यु एक घाइते

होटलका कर्मचारीबीच कुटाकुट, एकको मृत्यु एक घाइते

धनकुटा– धनकुटाको साँगुरगढी गाउँपालिका– ६ मा रहेको होटल माउण्ट एभरेष्टमा कुकहरू बीच विवाद हुँदा १ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

सोही स्थान बस्ने वर्ष १८ का सुरज राई र सुनसरी जिल्ला बराह नगरपालिका– ६ चक्रघट्टी बस्ने वर्ष १८ कै निशान लिम्बु बीच होटल साहु नभएको समयमा आपसमा विबाद भएको थियो । विवाद कै क्रममा निशान लिम्बुले सुरज राईको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार प्रहारबाट राईको मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान गर्दा सुरज राईको मृत्यु भइसकेको फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीले निशान लिम्बुलाई नियन्त्रणमा लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्