१६ असार २०८३, मंगलबार

उधौली पर्व यस्तो देखियो काठमाडौंमा (फोटोफिचर)

कात्तिक २०, २०७४
उधौली पर्व यस्तो देखियो काठमाडौंमा (फोटोफिचर)
काठमाडौं,२८ मंसिर- किरात र राईहरुको महान पर्व उधौली साकेला धूमधामसाथ मनाइएको छ । विशेषगरी किरातहरुको बाहुल्यता रहने पहाडी भेग धनकुटा,खोटाङ, पाँचथर लगायत काठमाडौंमा पनि उधौली पर्व मनाइन्छ ।

उधौली पर्वको अवसरमा ललितपुरको नखिपोटमा पनि किरात राईसमुदायले नाचगान गरी मनाइएको छ । उनीहरुले ढोल ,झ्याम्टाको तालमा गीत गाउँदै परम्परागत पहिरनमा नाचगान गरेका थिए ।

किरात राईसमुदायले अन्नबाली लगाउने र भित्रयाउने बेलामा गरी उभौली र उधौली पर्व गरी दुईपटक साकेला मनाउने गरिन्छ ।

बैशाख पूर्णिमादेखि १५ दिनसम्म उभौली पर्व मनाउने गरिन्छ भने मंसिर पूर्णिमा देखि १५ दिनसम्म उधौली पर्व मनाइन्छ ।









salt training

कमेन्ट गर्नुहोस्