१६ असार २०८३, मंगलबार

अमिर खानले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक

अमिर खानले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक

सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने नव मोडल अमिर खान भबिष्यमा एक कुशल चर्चित मोडल तथा नायक बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका छन्  । जसका लागि उनले मेहनत गरिरहेका छन् ।

वैदेशिक रोजगारीको लागि युएई रहेका स्याङ्जाका अमिर खानले विगत केही समयदेखि हिट म्युजिक भिडियो दिँदै आइरहेका छन् ।

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन ।

वैदेशिक रोजगारको लागि आठ वर्ष अघि युएई छिरेका अमिर खान शुरु शुरुमा आफ्नो सौखको कारणले म्युजिक भिडियोहरू गर्न लागेका थिए, पछि यही क्षेत्रमा क्यारियर बनाउन सकिने सम्भावनाले उनलाई खुसी दिइरहेको छ । हाल उनले ‘नाचन मैच्याङ’ नामको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

आफैले निर्माण गरेको उक्त म्युजिक भिडियोमा अमिर आफैं खेलेका छन् र आफ्नो साथमा सुमी खड्कालाई नचाएका छन् । प्रतिक बलोन तामाङको शब्द, स्वर र संगीतमा सजिएको ‘नाचन मैच्याङ’ भन्ने उक्त गीत संयुक्त अरब इमिरेट्सको अबुधाविमा सुटिङ गरिएको गीत हो । गीत ‘पीक डिजिटल रेकर्डिङ’मा रेकर्ड गरिएको छ । गीतको लय, भाका त सुन्दर छ नै, साथसाथै भिडियोमा प्रस्तुत गरिएको प्राकृतिक दृश्य पनि मनोरम र सुन्दर छ । यो भन्दा अगाडि दुईवटा म्युजिक भिडियोमा सफलतापूर्वक काम गरिसकेका खानलाई पारिवारिक पृष्ठभुमीले शुरुमा साथ दिएको थिएन । तर जब उनले काम मोडलिङ गरेका म्युजिक भिडियोहरू सफल भए त्यसपछि आफ्नो लागि अनुकुल वातावरण सृजना भएको खानको भनाई छ । यो क्षेत्रमा आउनको लागि युएईमै म्युजिक भिडियोहरू उत्पादन गर्ने पेशामा लागेका रोहित विक्रम कार्कीले प्रेरणादायी भूमिका खेलेको खान बताउँछन् ।

‘सुन्दै छु म’ भन्ने गीतमा बनेको खानको पहिलो म्युजिक भिडियो र ‘सबै भन्दा’ भन्ने अर्को गीतमा बनेको म्युजिक भिडियोको निर्देशन कार्कीले गरेका थिए । कार्कीको प्रेरणाले आफू जिन्दगीमा अझै अघि बढ्न सक्ने आत्मविश्वास खानमा रहेको छ ।

पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतिहरु पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ। धेरै सफल पनि भैरहेका छ्न् भने कोहि क्षणीक अबधि पछि यो क्षेत्रबाट हराईरहेका छन । मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरु रहेका छन् भने क्षमतावान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो । वास्तवमा कलाकारितामा एउटा रहर मात्र होइन, जहाँ गर्न सके पनि नाम र दाम दुबै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्