काठमाडौै – साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र कायराको दोस्रो रोमान्टिक गीत रिलिज भएको छ ।
युट्युबमा सार्वजनिक गरिएको 'यो त माया हो' बोलको गीतमा गायक सुगम पोखरेल र गायिका श्रेया सोताङ्गको स्वर छ । नरेश भट्टराईको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।
यो गीतको भिडियाका केही सिन हार्डडिक्सबाट उडेपछि पुनः सुट गरिएको थियो । फिलिपिन्स र नेपालमा खिचिएका दृश्य हेर्न लायक छन् ।
गीतको भिडियोमा आर्यन र साम्राज्ञीको क्यामेस्ट्री आकर्षक छ ।
पहिलोपटक यो कपलले एकसाथ स्क्रिन साझेदारी गरेका कारण फिल्म ‘कायरा’ दर्शकमाझ प्रतिक्षीत छ । ट्रेलरले पनि चलचित्रप्रति कौतुहलता जगाएको छ ।
फिलिपिन्समा खिचिएको यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् ।
हेर्नुहोस्, भिडियो :