०४ असार २०८३, बिहीबार

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, फेरि पहिरो खस्यो

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, फेरि पहिरो खस्यो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । पहिरो खसिरहेकाले पन्छाउन कति समय लाग्छ भन्न नसकिने उनले बताए ।

सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समय समयमा पहिरो जाने समस्या देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्