१० असार २०८३, बुधबार

विमानको शौचालयमै बच्चा जन्मियो

विमानको शौचालयमै बच्चा जन्मियो

नयाँदिल्ली– भारतमा आन्तरिक उडान गर्दै गरेको एउटा विमानको शौचालयमा बच्चा जन्मिएको छ । बिहीवार गुवाहटीबाट नयाँ दिल्ली उडेको सो विमानमा कर्मचारीहरूले अवतरण गर्ने समय हुनलाग्दा मृत शिशु फेला पारेका हुन् । 
नवजात शिशु मृत अवस्थामा भेटिएपछि एउटी १९ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी युवतीले आफूले बच्चा जन्माएको स्वीकारेकी छन् ।

प्रहरीका अनुसार उनले आफू गर्भवती भएको थाहै नभएको बताइन् । वरिष्ठ प्रहरी अधिकारी सञ्जय भाटियाले बीबीसीलाई बताएअनुसार ती युवतीले विमानको शौचालयमा साढे सात महिनाको भ्रूण जन्माएर भुइँमा त्यत्तिकै छोडिदिएकी थिइन् ।

शिशुको मृत्युको कारण जान्न प्रहरीले शवपरीक्षणको विवरण कुरिराखेको उनले बताए । “यसबारे हामी थप कुरा पत्ता लगाउनेछौँ र विवरण प्राप्त भएपछि आवश्यक कारबाही गर्नेछौँ,“ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्