०४ असार २०८३, बिहीबार

६ महिलाले लगाए सीबीएसका प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

६ महिलाले लगाए सीबीएसका प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौं– अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका कार्यकारी प्रमुख लेज मून्भेसमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका हुन् ।

अभिनेत्री इलियाना डग्लससहित चारजनाले बैठकका दौरान आफूहरूलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् । यौन दुर्व्यवहारको आरोपबारे अनुसन्धान गर्ने सो संस्थाले जनाएको छ । 

एक लेखमा समाविष्ट एउटा विज्ञप्तिमा ६८ वर्षीय मून्भेसले आफ्नो कारणले केही महिलाहरूलाई असहज भएको स्वीकारेका छन् । तर यौन दुर्व्यवहार गरेको आरोप भने उनले अस्वीकार गरेका छन् ।

मून्भेसले यौन दुर्व्यवहार गरेको भनिएका केही घटना २० वर्षभन्दा पहिले भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्