०५ असार २०८३, शुक्रबार

राजधानीमा झोलामा लागुऔषध  बोकेर हिँड्ने प्रहरी फन्दामा

साउन १२, २०७५
राजधानीमा झोलामा लागुऔषध  बोकेर हिँड्ने प्रहरी फन्दामा

काठमाडौँ– महानगरीय प्रहरी परिसरले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

परिसरको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० कपनबाट लागुऔषध झोलामा बोकेर हिँडिरहेको अवस्थामा चितवन घर भएका २८ वर्षीय श्रीराज ढकाललाई शुक्रबार राति पक्राउ गरेको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ ढकालसँग ५१ एम्पुल नुर्फिन, ६४ एम्पुल फेनार्गन, ८५ एम्पुल डाइजेल्याव बरामद गरिएको जानकारी दिए । 
 पक्राउ ढकाललाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त बौद्ध लगिएको थापाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्