काठमाडौं – सलमान खानको आगामी फिल्म भारतबाट प्रियंका चोपडा अलग्गिएपछि कट्रिना कैफलाई ल्याइएको छ । अमेरिकी गायक निकसँग इन्गेजमेन्ट गरेपछि प्रियंकाले फिल्म छोडेकी हुन् ।
कट्रिनाका साथ फिल्मको शूटिङ सेप्टेम्बरबाट शुरू हुने भएको छ ।
फिल्म निर्माता अतुल अग्निहोत्री र अलवीराको एक निकट सूत्रले बताएअनुसार, कट्रिनासँग उनीहरूको राम्रो बोन्डिङ छ र प्रियंका अनायास हटेपछि उनीहरूले कट्रिनालाई सम्पर्क गरे । कट्रिना फिल्म खेल्न तयार भइन् ।
उनले अन्य फिल्मको शूटिङ छिट्टै सकेर भारतको शूटिङमा व्यस्त हुने बताइएको छ ।
एजेन्सी