१५ असार २०८३, सोमबार

एकाएक प्रियांका किन बनिन् फेरि भाइरल ?

एकाएक प्रियांका किन बनिन् फेरि भाइरल ?

प्रियंका चोपडा तथा निक जोनसको विवाहको समाचार फिल्मी क्षेत्रमा फैलिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका समाचारहरुका अनुसार प्रियंका र निकको जोडीले १६ सेप्टेम्बर मा विवाह गर्ने सम्भावना छ । यस दिन निक जोनसको जन्मदिन हो । तर विवाह र इन्गेजमेन्टका विषयमा यो जोडीले केही सार्वजनिक गरेको छैन । 

भारतीय सामाजिक सञ्जालमा उनीहरुको विवाहमा बारे बहस जारी छ । 

सामाजिक सञ्जालमा प्रियंका र निकको विवाहसँग जोडिएका केही मसला भाइरल भएका छन् । विवाहसँग जोडिएको साना खालका भिडियो निकै हासउठ्दा छन् । तस्वीर, भिडियो प्रयोग गरेर बनाइएका यी साना भिडियोले जो कोहीलाई पनि हसाउँछ । 

प्रियंकाले निकसँग विवाह गर्नका लागि भन्दै सलमान खानको फिल्म ‘भारत’ मा नखेल्ने भएकी छिन् । निकलाई समय दिनुपर्ने भन्दै उनले फिल्म खेल्न अस्विकार गरेको समाचारहरु सार्वजनिक भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्