०१ असार २०८३, सोमबार

१२० जनालाई बलात्कार गरेको भिडियो बनाउने अमरपुरी बाबा विरुद्ध अर्को उजुरी

१२० जनालाई बलात्कार गरेको भिडियो बनाउने अमरपुरी बाबा विरुद्ध अर्को उजुरी

सय भन्दा धेरै महिलालाई बलात्कार गरेर उनीहरुको भिडियो बनाएर व्याकलेमल गरेको आरोप लागेका बाबा अमरपुरी विरुद्ध अर्की एक युवतीले पनि उजुरी दिएकी छिन् । 

आफ्नो बलात्कारको भिडियो भाइरल भएपछि ती पीडितले प्रहरीमा उजुरी दिएकी छिन् । उनका अनुसार दुई वर्ष पहिला बिरामी अवस्थामा बाबा अमरपुरीले उनको बलात्कार गरेका थिए । हरियाणाको टोहना क्षेत्रमा धर्मको पसल चलाएका यी बाबालाई प्रहरीले पक्राउ गरेको छ । 

दुई वर्ष पहिला जब ति किशोरी बिरामी भइन त्यसबेला उनका बुबा आमाले उनलाई ती बाबासँग उपचार गराउन लगेका थिए ।

त्यस सयम उनका दुई भाइ पनि सँगै गएका थिए । बाबाले परिवारका सबै सदस्यलाई औषधि दिने बाहनामा कोठाबाट बाहिर निकाले र पीडितको चियामा नशायुक्त पदार्थ मिसाएर दिए ।

त्यसपछि उसले आफ्को कक्षमा लगेर पहिला पेस्तोल देखाएर धम्की दिए त्यसपछि बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । उनीमाथि नकारात्मक प्रभाव रहेको र केही सयम आश्रममा राखेर उपचार गराउनु पर्ने भन्दै बाबाले उनका परिवारलाई पठाएका थिए ।

यो घटनाको एक हप्तापछि पीडित तथा उसका परिवारलाई बाबाले डेरामा बोलाएका थिए । त्यसअघि कसैलाई भने भिडियो भाइरल बनाइदिने चेतावनी किशोरीलाई दिएका थिए । 

पीडितका आमा बुवाको होस त्यसबेला खुल्यो जतिबेला छोरी बलात्कृत भएको भिडियो भाइरल भएको थियो । प्रहरीले उनीसहित अन्य तीन जना पीडितको आरोपलाई दर्ता गरेको छ । 

बाबामाथि १२० अश्लील भिडियो बनाएको आरोप छ । उसले विगत २० वर्षधेखि धर्म कर्म, जादू टुनाको आडमा बलात्कार गर्दै आएको रहस्य खुलेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्