१० असार २०८३, बुधबार

निक र प्रियंकाको बिहेको मिति सार्वजनिक

निक र प्रियंकाको बिहेको मिति सार्वजनिक

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले इन्गेजमेन्ट गरेको खबर बाहिरिएसँगै उनीहरूको विवाहको प्रतीक्षा हुन थालेको छ । 

मिड डे पत्रिकाको समाचारअनुसार, उनीहरूको विवाह १६ सेप्टेम्बरमा हुनेछ । त्यही दिन निकको जन्मदिन पर्छ र उनी २६ वर्षका हुन्छन् । 

प्रियंका र निक त्यही विशेष अवसरमा खुशी दुईगुणा बढाउन चाहन्छन् र बिहे गर्न सक्छन् । 

बिहेकै लागि प्रियंकाले सलमान खानको फिल्म भारत छोडेकी थिइन् । सोमवार राति प्रियंका न्युयोर्क गएकी छन् र जानुअघि उनले सलमानकी बहिनी अर्पितासँग भेटघाट गरेकी छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्