३१ जेठ २०८३, आइतबार

अस्ट्रेलियामा प्रधानमन्त्री टर्नबुलको दलले हा–यो उपचुनाव

अस्ट्रेलियामा प्रधानमन्त्री टर्नबुलको दलले हा–यो उपचुनाव

काठमाडौं – अस्ट्रेलियामा आमनिर्वाचअघि भएको उपचुनावमा हारेपछि अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलको मुश्किल बढेको छ । 

उपचुनावमा उनको पार्टीको हारलाई सत्तामा उनको पकड कमजोर भइरहेको रूपमा हेरिएको छ । 

संवैधानिक नियमअन्तर्गत दोहोरो नागरिकता भएका व्यक्तिको नियुक्ति अवैध भएपछि पाँच सदस्यले सदस्यता गुमाउनुपरेको थियो । 

तीमध्ये चार विपक्षी नेता थिए अनि अर्का एक साना दलका थिए । 

शनिवार भएको उपचुनावलाई टर्नबुल र विपक्षी लेबर नेत बिल शोर्टनका लागि महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको थियो । उदारवादी राष्ट्रिय गठबन्धनले चुनाव जितेर संसदमा सामान्य बहुमतलाई बलियो बनाउने आशा गरेको थियो ।  

लेबर पार्टीले आफ्ना चारै सीट कायम राखेको संकेत पाइँदा शोर्टन निश्चित रूपमा यस उपचुनावको विजेता मानिएका छन् । 

टर्नबुलले सन् २०१५ मा अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । आठ वर्षमा उनी देशका पाँचौं प्रधानमन्त्री बने । 

सत्तारूढ लिबरल दलमा आन्तरिक विद्रोह भएपछि टोनी एबोटलाई सत्ताच्युत गरेर टर्नबुललाई प्रधानमन्त्री बनाइएको थियो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्