०६ असार २०८३, शनिबार

मापदण्डविना खनिएका सडक सवारी दुर्घटनाकाे प्रमुख कारण

मापदण्डविना खनिएका सडक सवारी दुर्घटनाकाे प्रमुख कारण

रोल्पा- मापदण्डविना खनिएका जिल्लाका सडकमा सवारी दुर्घटना बढिरहेको छ । अधिकांश ट्याक्टरका कारण दुर्घटना हुने गरेको छ । मापदण्डविना स्थानीय उपभोक्ताले आफूखुशी सडक निर्माण गर्दा दुर्घटना बढ्दै गएको हो । 

जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा २० वटा दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका थिए भने १२ जना गम्भीर तथा २२ जना सामान्य घाइते भएका थिए । आव २०७३÷७४ मा ३६ वटा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने २७ गम्भीर तथा २७ जना समान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार दिवाकर वलीले जानकारी दिनुभयो । 

यस्तै आव २०७४/७५ मा ३० वटा सडक दुर्घटना भएकामा १४ जनाको मृत्यु तथा १८ गम्भीर र २९ जना सामान्य घाइते भएका थिए । ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढी रहेको वलीले बताउनुभयो । भौगोलिक बनावट अनुसारको मापदण्डविना जथाभावी रुपमा सडक खनिएका कारण सवारी दुर्घटना बढ्दै गएको छ । 

साँघुरा सडक तथा ती सडकमा मोडमा दुर्घटना बढी हुने गरेको पाइएको छ । भर्खर ट्र्याक खोलिएका सडकमा अत्यधिक भारसहितका ट्याक्टर चलाउँदा दुर्घटना निम्तिने गरेको वली बताउनुहुन्छ । “शिकारु चालकका कारण समेत बढी दुर्घटना हुने गरेको पाइएको छ,” उहाँले भन्नुभयो । 

दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनका धनी, चालक र परिचालकलाई समय समयमा सचेत गराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सामान ढुवानी गर्ने ट्याक्टरमा यात्रु बोक्नमा कडाइ गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्