०६ असार २०८३, शनिबार

मेलम्ची खानेपानी आयोजनाका मजदुरको उपचार नेपाल मेडिकल कलेज जोरपाटीले गर्ने

मेलम्ची खानेपानी आयोजनाका मजदुरको उपचार नेपाल मेडिकल कलेज जोरपाटीले गर्ने

काठमाडौं– मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा घाइते हुने मजदुरहरूको स्वास्थ्य उपचार नेपाल मेडिकल कलेज जोरपाटीले गर्ने भएको छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निमार्णको अहिले पाइप विछ्याउने काम भइरहेको छ ।

काम गर्ने क्रममा भैपरी आउँने दुर्घटनामा परी घाइते हुने कामदार, कर्मचारी र स्थानीयवासीको उपचारका लागि आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी ) र नेपाल मेडिकल कलेजबीच सम्झौता भएको अस्पतालका निर्देशक डा. राजेशकिशोर श्रेष्ठले बताए ।  


आयोजना निर्माणको क्रममा घाइते हुने मजदुरलाई  आकस्मिक रुपमा भर्ना गरी उपचारको व्यवस्था गर्ने, उपचारको क्रममा आवश्यक औषधिउपचारको व्यवस्था अस्पतालले गर्ने, आवश्यकताअनुसार सहज रुपमा चेकजाँच अस्पतालले गर्ने व्यवस्था गरेको छ । 

यस्तै सिफारिस गरी पठाएको बिरामीलाई अस्पतालमा उपलब्ध हुने औषधि र उपचारको व्यवस्थाको सहजिकरण गर्ने, रिफर गर्नुपरे बिरामीको सम्पुर्ण उपचार काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने बताइएको छ । आस्पतालको आफ्नै फार्मेसी नभएकोले  अस्पतालभित्र रहेको निश्चल मेडिकल सेन्टर एण्ड फार्मेसीसंग समन्वय गरी  विल प्राप्त भएपछि अस्पतालले भुक्तानी गरिदिने छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्ची खानेपानी वितरणका लागि सुन्दरीजल पानी प्रसोधन केन्द्रदेखि चावहील धोबीखोलासम्म विछ्याएको पाइप लाइनमा पानी परिक्षण गर्ने कार्य अहिले भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्