०७ असार २०८३, आइतबार

बेपत्ता मलेसियाली विमान एमएच३७० का सम्बन्धमा ठूलो खुलासा

बेपत्ता मलेसियाली विमान एमएच३७० का सम्बन्धमा ठूलो खुलासा

काठमाडौं – साढे चार वर्षअघि बेपत्ता भएको मलेसिया एयरलाइन्सको विमान एमएच३७० का सम्बन्धमा अनुसन्धानकर्ताहरूले सोमवार एक प्रतिवेदन सार्वजनिक गर्दै ठूलो खुलासा गरेका छन् । 

खोजीबाट बोइङ–७७७ विमानको कन्ट्रोललाई जानीबुझी बिगारिएको र विमानलाई फरक रूटतिर लगिएको पाइयो । यसरी कन्ट्रोललाई कसले बिगारेको भनी निश्चित हुन सकेको छैन । 

एमएच३७० सँग अन्तिम सम्पर्क विमानका कप्तान जहारी अहमद शाहले गरेका थिए । उनले मलेसियाली एयरस्पेस छोड्नुअघि ‘गूड नाइट, मलेसियन ३७०’ भनेका थिए । 

सन् २०१४ को ८ मार्चमा क्वालालम्पुरबाट बेइजिङ गइरहेको विमान बेपत्ता भएको थियो । विमानमा २३९ यात्रु थिए । 

यो उड्डयन जगतको अहिलेसम्म नसुल्झिएको रहस्य हो । अनुसन्धानकर्ताहरूले विमानमा ठ्याक्कै के भएको थियो थाहा हुन नसकेको बताए । 

अनुसन्धान टोलीका प्रमुख कोक सू चोनले पत्रकारहरूलाई बताए, ‘यसको सही जवाफ विमानको अवशेष फेला पारेपछि मात्र दिन सकिन्छ ।’ 

बेपत्ता विमान खोजीका लागि अन्तर्राष्ट्रिय स्तरमा कैयौं अभियान चले र करोडौं रुपैयाँ खर्च भयो । 

एजेन्सी

कमेन्ट गर्नुहोस्