३२ असार २०८३, बिहीबार

पुनर्निर्माण प्राधिकरणका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पुनर्निर्माण प्राधिकरणका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय नुवाकोटमा कार्यरत सब–इञ्जिनियर लोकबहादुर थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

विद्यालय भवन निर्माण कार्य सम्पन्न भएपश्चात् बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु पाँच लाख घुस मागेको अभियोग सबइञ्जिनियर थापामाथि लागेको छ । 

आयोगले जरिवाना र कैद सजायको माग दाबी गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

यस्तै जिल्ला प्राविधिक कार्यालय, जाजरकोटका इञ्जिनियर अजयकुमार देवविरुद्ध पनि आयोगले मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिँचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाउने क्रममा देवले रु ८० हजार घुस मागेको अभियोग लागेको छ । 

यसैगरी आयोगले गुलरिया नगरपालिकामा कार्यरत सहायक इञ्जिनियर रमेशकुमार गौतमलाई रु दश हजार घुस लिँदालिँदै आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी गौतममाथि छानबिन भइरहेको आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्