२४ जेठ २०८३, आइतबार

चोरी गर्ने दुई युवक प्रहरी खोरमा

चोरी गर्ने दुई युवक प्रहरी खोरमा

राजविराज-  सप्तरीको छुट्टाछुट्टै ठाउँमा चोरीको घटनामा संलग्न दुई युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–४ का १९ वर्षीय भगवतीकुमार राम र रुपनी गाउँपालिका–९ का २० वर्षीय रामकुमार मण्डल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । 

दुवैजनाले राजविराज–४ स्थित एउटा होटलबाट विभिन्न पेय पदार्थसहित रु ३५ हजार तथा सोही स्थानमा रहेको मोबाइल पसलबाट रु दुई लाख मूल्य बराबरका मोबाइल र एलसिडि टेलिभिजन चोरी गरेका थिए । 

होटल तथा पसल सञ्चालकले गरेको उजुरीको आधारमा दुवैजनालाई चोरीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्